‘नाट्टा’ गण्डकी र चरक मेमोरियलबीच ‘एमओयू’

काठमाडाैं | साउन ५, २०७९

‘नाट्टा’ गण्डकी र चरक मेमोरियलबीच ‘एमओयू’

कास्की:  नेपाल एसोसिएशन अफ टुर एन्ड ट्राभल एजेन्ट (नाट्टा) गण्डकी प्रदेश र चरक मेमोरियल अस्पतालबीच सम्झौता (एमओयू) भएको छ ।
 

समितका सदस्यहरु लगायत सदस्य कम्पनीमा कार्यरत कर्मचारीहरुलाई स्वास्थ्य उपचारमा सहजता एवं सहुलियत प्रदान गर्ने उदेश्यले नाट्टा गण्डकी प्रदेश तथा चरक मेमोरियल हस्पिटलबीच विभिन्न स्वास्थ परिक्षण लगायतका विषयमा  द्विपक्षीय सम्झौता गरिएको हो ।

 

बुधबार एक कार्यक्रमको आयोजना गर्दै हस्ताक्षर पत्रमा नाट्टा गण्डकी प्रदेशकोतर्फबाट संघका अध्यक्ष हरिराम अधिकारी र महासचिव संगिता पौडेलले हस्ताक्षर गरेकी थिइन् भने चरक ममोरियल हस्पिटलको तर्फबाट अध्यक्ष रामचन्द्र रेग्मी र प्रबन्ध निर्देशक कपिल पोखरेलले हस्ताक्षर गरेका हुन् । 

 

द्विपक्षीय सम्झौता अनुसार फार्मेसिमा ५ प्रतिशत, बेड, ल्याव, रेडियोलोजी, शल्यक्रियामा १० प्रतिशत, होलबडी जाँचमा २५ प्रतिशत तथा यूरोप तथा अमेरिकामा भ्रमणका लागि १ लाख बराबरको हवाई टिकेट जारी गर्ने सदस्यहरुलाई समेत होलबडी जाँचमा २५ प्रतिशत सहुलियत प्रदान गरिने छ ।

 

उक्त सम्झौता हाललाई १ बर्ष सम्मको लागि गरिएको र आगामी वर्षपनि  निरन्तरता दिदैं जाने नाट्टाकी महासचिव संगीता पौडेलले जानकारी दिइन् । 

 

 

सम्झौता हस्तारक्षर कार्यक्रममा नाट्टा गण्डकी प्रदेशका कार्यसमिति, पुर्व अध्यक्ष, परिषदका संयोजक बासुदेब त्रिपाठी, हस्पिटलका डाक्टरहरु एवं प्रशासकीय अधिकृत लगायतको उपस्थिति रहेको थियो । 


 

कास्की ।    पोखराको चिप्लेढुङ्गामा सञ्चालित सफल निरमाया दोहोरी साँझ एण्ड रेष्टुरेन्टले २२ औं वार्षिकोत्सवको अवसरमा विशेष सांगीतिक कार्यक्रम २०८३’ आयोजना गर्ने भएको छ ।   भोलिदेखि (अस...

थप पढ्नुहोस्

भेनेजुएलामा भूकम्पमा परी मृत्यु हुनेको संख्या ९२० पुगेको छ।   गत बुधबार राति ७.२ र ७.५ म्याग्नेच्युडको शक्तिशाली भूकम्प जाँदा मृत्यु हुनेको संख्या शनिबारसम्म ९२० पुगेको अन्तर्राष्ट्रिय समाचार संस्था एसो...

थप पढ्नुहोस्

काठमाडौँ ।  नेपाल सरकारले साउदी अरबले कार्यान्वयन गर्न लागेको नेपाली श्रमिकको सीप प्रमाणीकरण (एसभीएफ) प्रक्रियालाई तत्काल स्थगन गर्न साउदी सरकारसँग आग्रह गरेको छ।   उक्त प्रक्रियाका कारण नेप...

थप पढ्नुहोस्